आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

वर्तमान गठबन्धन अवसरवादी र अनैतिक : पोखरेल

३१ भाद्र, २०७८ १८:०१ मा प्रकाशित

751 पटक पढिएको

minister ishwor pokharel

काठमाडौं – एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान गठबन्धन अवसरवादी र अनैतिक रहेको बताएका छन् ।

सत्ता गठबन्धनप्रति लक्षित गर्दै नेता पोखरेलले यो गठबन्धन सिद्धान्त नभएर स्वार्थबाट प्रेरित भएको बताए । साथै आगामी चुनाव एमालेले नै जित्ने र जनतासँगको सम्बन्धलाई अज गाढा बनाउने उनको भनाइ थियो ।

यस्तै नेकपा एमालेले संविधानको सर्वोच्चता र विधिको शासनलाई मान्ने उनले बताए । साथै आफुहरु १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको नेता श्रेष्ठको भनाइ छ । नेकपा एमालेको काठमाडौं जील्लास्तरीय प्रशिक्षणमा नेता पोखेलले यस्तो बताएका हुन् ।

नेता पोखरेलले भनेका छन् ‘पार्टीभित्रको एकतालाई मजबुतका साथ १० बुँदे सहमति स्वीकारिको हो । त्यहाँ उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्न प्रतिवद्ध छौँ ।’

नेता पोखरेलले अब एमालेले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउने बताएका थिए । ‘पार्टीभित्रको एकता सुदृढीकरणलाई ध्यान दिनुपर्छ । एकता बोलीमा मात्रै होइन सांगठनिक जीवनमा लागु गरौँ । यसको प्रमुख शर्त भनेको पार्टीको पक्षमा दृढतापुर्वक उभिन्छौँ कि उभिन्नौँ भन्ने हो’ उनले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome