बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

हुण्डी कारोबार गरेको आरोपमा सुनचाँदी व्यवसायीसहित सहायक पक्राउ

३१ भाद्र, २०७८ १८:१७ मा प्रकाशित

610 पटक पढिएको

illegal money transfer

काठमाडौं – वीरगन्जमा प्रहरीले हुण्डीको कारोबार गरेको आरोपमा एक सुनचादी व्यवसायीसहित २ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ । वीरगन्ज ६ माइस्थान चोकमा रहेको केपी ज्वेलरीका संचालक कन्हैयाप्रसाद सोनार र त्यहि पसलमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका ३ का दिपक कुमार सर्राफलाई ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, केपी ज्वलेरीभित्र हुण्डीको कारोबार भइरहेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले केपी ज्वेलरीमा छापा मारेर खानतलाशी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद भएपछि संचालक कन्हैया र त्यहाँका कामदार दिपकलाई नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको नगद रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome