आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

चीनबाट एमबीबीएस गरेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने

१ आश्विन, २०७८ १६:४६ मा प्रकाशित

183 पटक पढिएको

nepal medical council

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते प्रमाणपत्र रुजु गराउन सुचित गरेसँगै चीनबाट एमबीबीएस गरेका सन् २०१४ व्याचका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । ।

काउन्सिलले भनेको छ,‘तोकिएको फाराम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागजपत्रसहित मिति २०७८ असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा काउन्सिलको कार्यालयमा स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरिन्छ । कार्यालयमा हुने भीडभाड कम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्नका लागि आफूलाई बोलाइएको दिनमा नै उपस्थित हुनसमेत जानकारी गराउँछौं।’

कोरोना महामारीका कारण इन्टर्नसीप चीनमा पूरा हुन नपाउँदा ती विद्यार्थीहरु मारमा परेका हुन् । उनीहरुको माग छ, ‘ नेपालमा सहज तरिकाले इन्टर्नसीप गर्न पाऔं ।’ नेपालमा बाँकी इन्टर्नसीप पूरा गर्न पाउने प्रावधान ल्याएको दुई महिना बितिसक्दा पनि इन्टर्नसीप सुरु हुन ढिलाइ भएको ती विद्यार्थीहरु बताउँछन् । विद्यार्थीहरु भदौ २७ देखि आन्दोलित छन्।

सन् २०१९ को डिसेम्वरको अन्तिममा चीनमा कोरोना भाइरस फैलिएपछि विद्यार्थीहरु नेपाल फर्किएका थिए । उनीहरु पुनः चीन जान पाएका थिएनन् । पीडित विद्यार्थीले विशेष कारण भन्दै स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome