आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

उपत्यकाका १४ अस्पतालमा स्वाब संकलन हुने

२० श्रावण, २०७७ १६:२८ मा प्रकाशित

830 पटक पढिएको

swab collection

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड -१९) संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकामा १४ अस्पताल तोकेको छ ।

काठमाडौं उपत्यकाका पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसूति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलनस्थलको रुपमा तोकिएको छ ।ती अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने,घरबाहिर अत्यावश्यक बाहेक ननिस्कन र भीडभाड नगर्न,चाडपर्वहरु घरमै बसी मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome