बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

बेलायत, अमेरिका र अष्ट्रेलियाबीचको सैन्य सम्झौताप्रति चीनको आपत्ति

१ आश्विन, २०७८ १७:०५ मा प्रकाशित

603 पटक पढिएको

chinese foreign ministry

काठमाडौं – चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ।

हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग गर्ने छ। उक्त सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा लगायत विषयलाई समेत समेटेको छ।

चीनले अमेरिका, बेलायत र अष्ट्रेलिया बीचको ऐतिहासिक सुरक्षा सम्झौतालाई ती मुलुकहरुको संकीर्ण सोच भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको त्रिदेशीय रक्षा सम्झौताले क्षेत्रीय शान्तिलाई खल्बल्याउन सक्ने प्रतिक्रिया दिएका हन्।

चिनियाँ सञ्चारमाध्यमहरुले त्रिदेशीय उक्त सम्झौताप्रति कटाक्ष गर्दै सम्पादकीय लेखेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome