बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,०६६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु, १,२३४ डिस्चार्ज

२ आश्विन, २०७८ १७:२३ मा प्रकाशित

408 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८०० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ४७ हजार ८०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २५ हजार ८२ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ४४६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २३ हजार ६३६ जना होम आइशोलेसनमा रहेका छन् । ३८९ जना आईसियुमा १२१ जना भेन्टिलेटरमा उपचारारत छन् । २४६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome