सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

असोज ४ पछि मन्त्रिपरिषद् विस्तार हुन्छ: प्रचण्ड

२ आश्विन, २०७८ १७:२९ मा प्रकाशित

661 पटक पढिएको

pushpa kamal dahal prachanda

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । सत्ता गठबन्धनमा कुनै विवाद नभएको भन्दै गठबन्धन देश र जनताको लागि बनेको उनले बताए ।

नेता दाहालले एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण भएको दावी गरे । ‘गठबन्धन संविधान, संघीय लोकतन्त्र, गणतन्त्रको रक्षा र राष्ट्रका निमित्त बनेको हो । यसमा कुनै विवाद छैन । ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुन्छ, त्यही भएर तपाईँहरु ढुक्क भएर लेख्नुस्, यो सहकार्य देश र जनताको लागि भएकोले संविधान संशोधनको मुद्दालाई जोडतोडका साथ लिएर जान्छौँ’ प्रचण्डले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome