बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

तिब्बती क्याम्पबाट २० जुवाडे पक्राउ

२ आश्विन, २०७८ १७:४५ मा प्रकाशित

213 पटक पढिएको

tibetian gamblers in custody

काठमाडौं – प्रहरीले तिब्बती क्याम्पबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । काठमाडौंको जोरपाटीस्थित तिब्बती क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा खानतलासी गर्दा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जुवाडेलाई पक्राउ गरेको जनाएको हो । बौद्ध बृत्तका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेसहितको टोलीले शुक्रबार राति गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पमा खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

घरधनी सहित २० जनाको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद बरामद गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । साथै उनीहरुबाट तास, क्यासिनोमा प्रयोग हुने ४६४ क्वाईन, विभिन्न व्यक्तिहरुको नाममा काटेको बैंकका रकम उल्लेखित २८ थान चेक पनि बरामद गरेको छ । यसअघि स्वयम्भु नजिकै सेतो गुम्बाबाट पनि तास खेलिरहेको अवस्थामा २० जना भन्दा बढी तिब्बती शरणार्थीहरु पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome