शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ७३४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, १,४१३ डिस्चार्ज

३ आश्विन, २०७८ १७:०० मा प्रकाशित

718 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ७३ हजार ५३४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ४९ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २४ हजार ३१३ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ४४९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २२ हजार ८६४ जना होम आइशोलेसनमा रहेका छन् । ३९० जना आईसियुमा ११७ जना भेन्टिलेटरमा उपचारारत छन् । २४८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome