शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

जनगणना अवधीभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगित

३ आश्विन, २०७८ १७:१८ मा प्रकाशित

538 पटक पढिएको

singhadarbar

काठमाडौं – सरकारले जनगणना अवधीभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो।

सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा भनिएको छ, ‘स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधीभर हाल कार्यरत स्थान वा निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सो बमोजिम उल्लिखित कर्मचारीहरुको सरुवा/काजसम्बन्धी कार्य जनगणना अवधीभरका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

राष्ट्रिय जनगणना यही भदौ ३० बाट सुरु भएको हो । राष्ट्रिय योजना आयोगले असोज १ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई राष्ट्रिय जनगणनाको अवधीभर हाल कार्यरत स्थान/निकायमै रहने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

जनगणनाको मुख्य गणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome