आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

न्यायाधीशहरुलाई दिइएको विभुषण फिर्ता गर्न नेम्वाङको आग्रह

३ आश्विन, २०७८ १७:२० मा प्रकाशित

196 पटक पढिएको

subash chandra nemwang

काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले न्यायाधीशहरुलाई दिएको विभुषण फिर्ता गर्न आग्रह गरेका छन् । उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध मुद्धा हाल्ने न्यायाधीशलाई नै विभुषण दिइएको जिकिर गरे।

उनले भने,‘ मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानुन व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । सरकारले दिएको पदक फिर्ता गर्न आग्रह गर्छु । ’ उनले न्यायाधीशहरुले दिइएको मेडल अस्वीकारको घोषणा गर्नुपर्ने बताए ।

सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रदीप, न्यायाधीश विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई उज्ज्वल प्रबल जनसेवाश्री विभुषण दिने घोषणा गरेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome