सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

संविधान दिवसको अवसरमा ५२३ कैदीहरुको कैद सजाय माफी

३ आश्विन, २०७८ १७:२२ मा प्रकाशित

364 पटक पढिएको

bidhya devi bhandari

काठमाडौं – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५२३ जनाको कैद कट्टा गरेकी छन्। राष्ट्रपती भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी हुन्।

‘असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ’, राष्ट्रपती कार्यालयले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको छ।’

मन्त्रिपरिषद बैठकले असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome