सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

अध्यादेश खारेज हुने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : यादव

४ आश्विन, २०७८ १५:२६ मा प्रकाशित

530 पटक पढिएको

upendra yadav

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले दलसम्बन्धी अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रीपरिषद् विस्तार हुने बताएका छन् ।

उनले भने, ‘दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रिपरीषद् विस्तार हुन्छ । यो अध्यादेश गलत छ दलहरुलाई अस्थिर बनाउने अध्यादेश खारेज गर्नुपर्छ । लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेश हो।’

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद विस्तार नहुँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका छन्।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome