बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,०९५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु, २,९५७ डिस्चार्ज

४ आश्विन, २०७८ १६:२९ मा प्रकाशित

593 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५२ हजार १७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २२ हजार ३२३ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ४३२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २० हजार ८९१ जना होम आइशोलेसनमा रहेका छन् । ३७१ जना आईसियुमा १०८ जना भेन्टिलेटरमा उपचारारत छन् । २६४ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome