बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,३३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, १,८३० डिस्चार्ज

५ आश्विन, २०७८ १६:५९ मा प्रकाशित

519 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५४ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २१ हजार ५२४ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ३६० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २० हजार १६४ जना होम आइशोलेसनमा रहेका छन् । ३३५ जना आईसियुमा १०७ जना भेन्टिलेटरमा उपचारारत छन् । २५० जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome