शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप १,२३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, १,३२४ डिस्चार्ज

७ आश्विन, २०७८ १६:४७ मा प्रकाशित

709 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार ६७६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५६ हजार ९५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २० हजार ७४३ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ३०६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १९ हजार ४३७ जना होम आइशोलेसनमा रहेका छन् । ३४० जना आईसियुमा १११ जना भेन्टिलेटरमा उपचारारत छन् । २४६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome