शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

७ आश्विन, २०७८ १७:०० मा प्रकाशित

435 पटक पढिएको

parliament nepal

काठमाडौं – राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। एमाले सांसदहरुको अवरोधका बीच विनियोजन विधेयक पारित भएको हो। प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभाले पारित गरेको हो। यो विधेयक प्रतिनिधिसभाबाट आजै पारित भएमा सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ।

बैठक सुरुहुने वित्तिकै एमाले सांसदहरुले आ-आफ्नो सिटबाट उठेर विरोध जनाए। विरोधकै बीच राष्ट्रिय सभा सदस्य कोमल ओलीले ‘मेडिकल साइन्स’ को विषयमा आफ्नो राय राखेकी थिइन्।

बैठकमा सांसद ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभा एकअर्काका परिपुरक भएको भन्दै राष्ट्रियसभा अगाडी बढ्न नसक्ने बताइन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठक स्थगित गरेको जानकारी गराए।

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै एमाले सांसदहरुले राष्ट्रियसभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन् । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बिहान ११ बस्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome