आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कम्युनिष्टलाई टुक्र्याएर कांग्रेस ठूलो हुँदैन : पौडेल

७ आश्विन, २०७८ १७:०२ मा प्रकाशित

239 पटक पढिएको

politician ram chandra paudel nepali congress

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्तिहरुलाई टुक्र्याएर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरेका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा विपि स्मृति भवनको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्दै पौडेलेले यस्तो बताएका हुन्।

उनले आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कांग्रेस नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने धारणा राखे। उनले भने,‘हामी आफैँ ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन।’ वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताए। उनले कांग्रेस पार्टीभित्रको लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने धारणा राखे। पौडेलले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्न समेत धारणा राखे।

विपि स्मृति भवनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यममार्फत उद्घाटन गरेका हुन्।

२०६६ साल कात्तिक ११ गते शिलन्यास गरिएको भवन झण्डै १२ वर्षमा सम्पन्न भएको हो। भवन निर्माण गर्न कुल १ करोड ४७ लाख खर्च भएको छ। कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले दिएको जानकारी अनुसार कूल २ करोड १३ लाखका स्टिमेट गरिएको भएपनि रु.१ करोड ४७ लाखमा भवनको निर्माण सम्पन्न भएको छ। जोशीले पाटी भित्र गुटबन्दीको अन्त्य गर्नुपर्ने बताए।

भवन निर्माणको लागि विभिन्न संघ सस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम संकलन गरिएको जोशीले जानकारी दिए। भवन निर्माणका लागि प्राप्त रकम मध्ये रु.६५ लाख रुपैंया बचत भएको छ। बचत भएको रकम विभिन्न अक्षय कोषमा राखिने जोशीले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome