बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,४७६ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु, १,५५० डिस्चार्ज

८ आश्विन, २०७८ १६:५७ मा प्रकाशित

212 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ८० हजार १५२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५८ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २० हजार २८७ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ३१८ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १८ हजार ९६९ जना होम आइशोलेसनमा रहेका छन् । ३४७ जना आईसियुमा १०५ जना भेन्टिलेटरमा उपचारारत छन् । २४४ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome