बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ

८ आश्विन, २०७८ १७:१२ मा प्रकाशित

756 पटक पढिएको

royal crown of nepal

काठमाडौं – नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्।

उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शुक्रबार बिहान नारायणहिटी दरबार संङ्ग्रहालयमा अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। सिसा फुटाउँदा उनको हात समेत काटिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome