आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

ग्राहकको खाताबाट २७ लाख चोरी गर्ने सेन्चुरी बैंकका कर्मचारी पक्राउ

८ आश्विन, २०७८ १७:२३ मा प्रकाशित

484 पटक पढिएको

bank fraud

काठमाडौं – किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराका पुर्व कर्मचारी इलामका केशव राई पक्राउ परेका छन्। उनलाई इटहरी ४ स्थित तुलसा टोलबाट प्रहरीले पक्राउ गरेको हो।

३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकालेका थिए। पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका थिए।

उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए। पक्राउपछि ७ दिन म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome