सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

संक्रमण घटेसँगै खुले स्याङ्जाका शक्तिपीठहरु

८ आश्विन, २०७८ १८:१३ मा प्रकाशित

814 पटक पढिएको

garau kalika temple syangja

काठमाडौं – कोरोना संक्रमण घटेसँगै स्याङ्जाका मुख्य शक्तिपीठहरु खुलेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले स्मार्ट लकडाउन गरेसँगै यहाँका मुख्य शक्तिपीठ खुलेका हुन् । मन्दिर व्यवस्थापन समितिले मन्दिर खुला भएको जानकारी गराएका छन्।

दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै वैशाखको अन्तिम सातादेखि बन्द गरिएका मन्दिरहरु असोज लागेसँगै खुलाउन थालिएको हो। यहाँका सबै मन्दिरमा नित्यपूजाबाहेक अन्य बन्द थिए।

पुतलीबजार नगरपालिका १४ स्थित चण्डीकालिका, भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिर, वालिङ् नगरपालिका ८ स्थित गह्रौंसुर मन्दिर र वडा नं. १२ स्थित अकलादेवी मन्दिर, कालीगण्डकी गाउँपालिका ३ स्थित आलमदेवी यहाँका प्रख्यात शक्तिपीठ हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome