शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

सामान्य विवादमा दिउँसै छुरा प्रहार गरी युवकको हत्या

९ आश्विन, २०७८ ०८:४७ मा प्रकाशित

539 पटक पढिएको

murder graphics

काठमाडौं – सुनसरीको इटहरीमा शुक्रबार दिउँसो छुरा प्रहारबाट एक युवकको हत्या गरिएको छ। इटहरी ३ सुनौलो वस्तीका २२ वर्षीय राजु थापाको हत्या गरिएको हो।

स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले छिमेकी थापालाई सामान्य विवादमै छुरा हानेका हुन्। राजुका भाइ दिपेश र अधिकारीबिच घाँसको बारेमा भएको विवाद मिलाउन पुगेका राजुलाई छातिमा छुरी प्रहार गरिएको थियो।

उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। अधिकारी र राजुका भाइ दिपेश इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome