सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ६२ सहित थप ३८१ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६० पुग्यो

२१ श्रावण, २०७७ १७:३४ मा प्रकाशित

248 पटक पढिएको

corona positive

काठमाडौं : काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार बुधबारसम्म ६ हजार १ सय ७४ जना कोरोनाका सक्रिय बिरामी छन्। जसमध्ये प्रदेश १ मा ३१२ जना, प्रदेश २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णली प्रदेशमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ सक्रिय बिरामी रहेको मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार थप ३८१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।क्वारेन्टाइनमा रहनेको संख्या ९हजार ९सय २५ ‍पुगेको छ यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको हो। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो।

पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome