बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप ९५३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु, १,३७१ डिस्चार्ज

९ आश्विन, २०७८ १६:२४ मा प्रकाशित

626 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५९ हजार ८७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १९ हजार ७०० जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ३६० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १८ हजार ३४० जना होम आइशोलेसनमा रहेका छन् । ३६३ जना आईसियुमा १०९ जना भेन्टिलेटरमा उपचारारत छन् । २३७ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome