बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

चीनको आन्तरिक मामलामा बाह्य हस्तक्षेपको ६५ मुलुकद्वारा विरोध

१० आश्विन, २०७८ १७:२३ मा प्रकाशित

742 पटक पढिएको

un council

काठमाडौं – संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध जनाएका छन् ।

संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै बाह्य हस्तक्षेपको विरोध जनाएका हुन् । सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिँदै चीनको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षप नुहुनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

चीनले हङकङको प्रशासनिक क्षेत्रमा लागू गरेको ‘एक देश, दुई प्रणाली’को दोहोर्‍याएर समर्थन जनाउँदै संयुक्त विज्ञप्तिमा भनिएको छ,‘राज्य हङकङ, सिन्जियाङ र तिब्बत आदीसँग सम्बन्धित मुद्दा चीनको आन्तरिक मामिलाका विषयहरु हुन् । त्यसमा बाह्य हस्तक्षेप हुनुहुँदैन।’

संसारका ६५ मुलुकले संयुक्त राष्ट्र संघअन्तर्गत मानव अधिकारमा दोहोरो मापदण्ड र राजनैतिकरण हुने भन्दै यसको समेत विरोध जनाएको ग्लोबल टाइम्समा समाचार छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome