शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

चिउरा मिलमा आगलागी हुँदा ७० लाखको क्षति

१० आश्विन, २०७८ १७:२५ मा प्रकाशित

454 पटक पढिएको

flattened rice mill

काठमाडौं – मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको एउटा चिउरा मिलमा शनिबार राति आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा राति ९:५० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

चार कोठे भवनमा रहेको मिलमा विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११:३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएन । आगलागीमा मिल सञ्चालन गरिएको २ वटा कोठा, २ वटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome