बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

ट्रिपरको ठक्करबाट एकको मृत्यु, दुई घाइते : चालक फरार

१० आश्विन, २०७८ १७:२८ मा प्रकाशित

759 पटक पढिएको

accident grahic

काठमाडौं – नुवाकोटको थानसिङमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

लिखु गाउँपालिका ५ डुडेवगैचा थानसिङमा आइतवार मध्यराती काठमाडौंबाट नुवाकोटको ढिकुरेतर्फ जांदै गरेको ना८ख ५७९१ नम्वरको ट्रिपरले मोटरसाइकल रोकेर कुराकानी गरिरहेका वेला ठक्कर दिँदा लिखु–३ पट्टावारीका २८ वर्षिय रामकुमार गजुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो घटनामा गजुरेलका साथीहरु सोही स्थानका ३२ वर्षिय प्रकाश पाठक र ५५ वर्षिय नवराज रोक्का गम्भीर घाइत भएका छन् ।

घाइते दुवै जनाको काठमाडौंको ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । घटनाको विरोध गर्दै स्थानीयले काठमाडौ जाने ढिकुरे–छहरे–टोखा सडकमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले चालकलाई पक्राउ गरि कारवाही गरिनु पर्ने र मृतकका आश्रित परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग गरेका छन् । फरार रहेका ट्रिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome