मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

थप १,२८२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु, १,२६२ डिस्चार्ज

११ आश्विन, २०७८ १६:४३ मा प्रकाशित

362 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ८३ हजार २२१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ६२ हजार ४१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १८ हजार ८४८ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ३१३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १७ हजार ५३५ जना होम आइशोलेसनमा रहेका छन् । ३८५ जना आईसियुमा १२५ जना भेन्टिलेटरमा उपचारारत छन् । २५६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome