बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

पशुपतिनाथ परिसरमा साधुमाथि खुकुरी प्रहार

११ आश्विन, २०७८ १९:५० मा प्रकाशित

533 पटक पढिएको

khukuri attack

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा सोमबार साधुमाथि खुकुरी प्रहार भएको छ। विश्वरुपा मन्दिर नजिकै ३५ वर्षीय सन्तोष बाबालाई अज्ञात समूहले खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेश बस्नेतले पुष्टि गरे।

उनका अनुसार सोमबार बिहान साधु उठेर शौचालय गइरहेको बेलामा एकजना व्यक्ति आएर गाँजा निकाल भन्दै धम्काएका थिए। उनले छैन भनेपछि उनीमाथि खुकुरी प्रहार भएको थियो।

करिब ४-५ वर्षदेखि पशुपतिमा बस्दै आएका सन्तोष बाबा हिन्दी मात्रै बुझ्छन्। उनलाई हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गरिरहेको छ। प्रवक्ता बस्नेतका अनुसार साधुको अवस्था सामान्य रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome