सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

आजदेखि जोर-बिजोर प्रणाली : राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द

२२ श्रावण, २०७७ ०९:२४ मा प्रकाशित

684 पटक पढिएको

streets in kathmandu

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले आजदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन मिति २०७७ ४ २२ गतेदेखि लागु हुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, प्रवक्ता बुढाले भने, ‘यस वर्गमा पर्ने जिल्लाका सहरी इलाकामा जिल्ला भित्रसमेत बेलुका ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमन बन्द गर्ने ।’

यस विषयमा गृहमन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome