मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

साफ च्याम्पियनसिप २०२१ मा नेपालको विजयी सुरुवात

१६ आश्विन, २०७८ ०७:०७ मा प्रकाशित

654 पटक पढिएको

manish dangi

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ मा नेपालले शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि १–० को जित निकाल्दै विजयी सुरुवात गरेको छ।

नेपाललाई जित दिलाउन सब्सिच्युट खेलाडी मनिष डाँगीले खेलको ८६औं मिनेटमा माल्दिभ्सका विरुद्ध खेलको एक मात्र गोल गरे ।

खेल अवधिभर घरेलु टोली माल्दिभ्समाथि हाबी भएको नेपालमाथि माल्दिभ्स गोल गर्न चुकेको थियो। उसका लागि ७९ मिनेटमा हसन नाइजले सिक्स यार्डबाट पाएको अवसर गुमाएका थिए।

यसअघि उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले १–० गोलले खेल आफ्नो पक्षमा पारेको हो।

साफ च्याम्पियसिपमा यसपटक कोरोना महामारीका कारण भुटानले सहभागिता जनाएको छैन। त्यस्तै फिफाको प्रतिबन्धका कारण पाकिस्तान खेलबाट बञ्चित भएको छ।

हल नेपालसहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स खेलिरहेका छन्। यी पाँच टोली एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

हालसम्म फाइनल पुग्न नसकेको नेपालको लक्ष्य फाइनल पुग्नु रहेको छ।

अब नेपालले श्रीलंकासँग असोज १८ गते राति ९:४५, २४ गते राति ९:४५ मै भारत र बंगलादेशसँग २७ गते अपराह्न ४:४५ मा खेल्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome