मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

शाहरुख खानका छोरामाथि लागुऔषध प्रकरणमा छानविन

१७ आश्विन, २०७८ १८:३२ मा प्रकाशित

683 पटक पढिएको

aryan khan son of sharukh khan

काठमाडौं – भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले लागु औषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरासहित अन्य आठ जनामाथि छानविन थालेको छ। शनिबार भएको लागु औषध प्रकरणमा एनसिबिले शाहरुख खानका छोरा आर्यन खानसहित अन्य आठमाथि छानविन थालेको हो।

शनिबार शनिबार मुम्बईबाट गोवातर्फ गइरहेको क्रुज शिपमा लागु औषध ड्रग्स पार्टी आयोजना गरिएको थियो। क्रुज ड्रग्स पार्टी नाम दिइएको सो प्रक्ररणमा विभिन्न सेलेब्रेटीको नाम मुछिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

एनसिबिले आर्यन खानसहित अन्य आठ जनालाई हिरासतमा राखेर छानविन थालेको इन्डिया टुडेमा समाचार छ। यात्रुको भेषमा शनिबार क्रुज पार्टीमा छापा मारेको एनसिबिको टोलीले ड्रग्स पार्टीबाट ठुलो मात्रामा नशालु पदार्थ बरामद गरेको थियो। प्रहरीले दुई महिलासहित संलग्न आठ जनालाई पक्राउ गरेर हिरासतमा पुर्‍याएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome