सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

थप २२ जनामा कोरोना पुष्टि भएसँगै अख्तियारका ३७ कर्मचारी संक्रमित

२२ श्रावण, २०७७ १६:२७ मा प्रकाशित

496 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको स्वाब परीक्षण रिपोर्टमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।

१५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अख्तियारका आयुक्तसहित सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको थियो। स्वाब संकलनपछि भएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएपछि अख्तियारमा मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome