मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

थप ७६४ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु, १,०३३ डिस्चार्ज

२२ आश्विन, २०७८ १६:२७ मा प्रकाशित

464 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ८३६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ७४ हजार १७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १५ हजार ६१४ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार १५३ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १४ हजार ४६१ जना होम आइशोलेसनमा रहेका छन् । ३१३ जना आईसियुमा ११३ जना भेन्टिलेटरमा उपचारारत छन् । २४१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २१० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome