बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना पुष्टि

२२ श्रावण, २०७७ १६:३४ मा प्रकाशित

722 पटक पढिएको

Dr Roj Nath Pande - Spokesperson - Federal Parliament

काठमाडौं – संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुन् । यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome