मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

काम गर्न नसक्ने र गलत कार्यमा लाग्ने मन्त्रीलाई कडा कारवाही : नेपाल

२३ आश्विन, २०७८ १७:०० मा प्रकाशित

539 पटक पढिएको

madhav nepal

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका नेतालाई काम गरेर देखाउन निर्देशन दिएका छन्। नेकपा एकीकृत समाजवादीको काभ्रेमा सञ्चालित दसैंको अवसरमा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्री बनेका नेतालाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

उनले मन्त्रीहरुले आवश्यकता अनुसार विशेषज्ञसँग छलफल गरेर राम्रो काम गर्न निर्देशन दिएका हुन्। उनले आइतबार मन्त्रीहरुलाई आफूले बोलाएको र काम गर्न निर्देशन दिने बताए। मन्त्री नपाएको हल्ला चलाएका मेटमणी चौधरीको प्रशंसा गर्दै उनले उच्च राजनीतिक संस्कार देखाएर पद नै ठूलो होइन भन्ने पुष्टि चौधरीले गरेको नेपालले भने।

अध्यक्ष नेपालले देवाउको नेतृत्वमा समाजवादी पार्टीबाट मन्त्री भएर काम गर्न नसक्ने र गलत कार्य गरेको मात्र जानकारी पाए तत्कालै कडा कदम चाल्ने नेता नेपालले भने। एमालेका अध्यक्ष केपी ओलीप्रति निक्कै आक्रामक देखिएका नेता नेपालले एमाले विधान महाधिवेशनमा विधानको कुनै पनि कुरा बाहिर नआएको बताए।

उनले केपी ओली व्यक्तिवादी चिन्तनबाट ग्रस्त भएको आरोप लगाए। उनले आफ्नो पाटीले कुनै पनि ब्यानरमा ज्यूँदो मान्छेको तस्बिर राखेर प्रचार नगर्ने बताउँदै नीतिमा आफूहरु अघि बढ्ने दावी गरे। उनले भने, ‘हामी पुष्पलालको कार्यकर्ता भएकाले व्यक्तिको भन्दा नीतिको कुरा गर्छौं। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कांग्रेस जिल्ला सभापति मधु आचार्य, नेकपा माओवादी नेता तेजबहादुर मिजार लगायतले शुभकामना मन्तब्य राखेका थिए।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome