मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

एनआरएनएलाई चुनाव रोक्न परराष्ट्रको पत्र

२३ आश्विन, २०७८ १७:१४ मा प्रकाशित

722 पटक पढिएको

ministry of foreign affairs nepal

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई चुनाव रोक्न परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार दोस्रो पत्र पठाएर अक्टोवर २३ देखि २५ सम्म आयोजना हुने तय भएको एनआरएनएको १० औं महाधिवेशनपछि धकेल्न निर्देशन दिएको हो।

मन्त्रालयले यसअघि पनि पत्राचार गर्दै विवाद समाधान नहुदासम्म प्रक्रिया रोक्न निर्देशन दिएको थियो। पछि पत्राचार गर्दै आन्तरिक विवाद आफैं मिलाउन भनिएको थियो। संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघका ६५ प्रतिशत महाधिवेशन कसले छान्ने भन्ने विषयमा मन्त्रालयले विधान विपरित नयाँ व्याख्या गरेपछि विवाद सिर्जना भएको हो।

महासचिव डा. शर्माका अनुसार विधानको अनुसूची ६ (क) मा ‘प्राथमिकताको सूचिमा रहेका व्यक्तिहरुले (अर्थात ६५ प्रतिशतमा पर्ने योग्य व्यक्तिहरुले) ले राष्ट्रिय समन्वय परिषदको निर्वाचनपूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने प्रष्ट विधानमा व्यवस्था छ। यति हुँदाहुदै मन्त्रलायले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकाले पूर्व अभ्यासअनुसार गर्ने भनी परिपत्र गर्नू अवैधानिक भएको महासचिव डा. शर्माले बताए।

शर्माले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएको भन्ने परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता नभएको बताए। मन्त्रालयले संघको राष्ट्रिय समितिको महाधिवेशन अनिवार्य रुपमा जुलाई १ देखि ३१ तारिखसम्म सम्पन्न हुनुपर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण अगष्ट १५ सम्म सचिवालयमा पठाउनुपर्ने व्यवस्था अनुरुप गर्न संघलाई निर्देशन जारी गरेको छ।

संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ। पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ।

संघका महासचिव डा शर्माले परराष्ट्रको पत्रले संघलाई ‘क्लिन अप’ गर्ने अवसर मिलेको बताउदै विधानको सर्वोच्चता कायम राख्दै निर्मम भएर निर्णय गर्नुपर्ने बताए। परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन गर्न जटिल भएपछि संघको बैठक बसी थप निर्णय गरिने बताइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome