मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोलीबाट एकको मृत्यु, कर्फ्यु जारी

२४ आश्विन, २०७८ १७:०९ मा प्रकाशित

318 पटक पढिएको

riot in butwal

काठमाडौं – प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु जारी गरेको छ। आइतबार बेलुकी ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्‍यू जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको हो। झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए।

भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो। सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो ।

सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome