मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

तालिवानका नेता र अमेरिकी प्रतिनिधिबीच पहिलोपटक भेटवार्ता

२४ आश्विन, २०७८ १७:१४ मा प्रकाशित

555 पटक पढिएको

taliban leaders

काठमाडौं – तालिवानका वरिष्ठ नेता र अमेरिकी प्रतिनिधिबीच पहिलोपटक भेटवार्ता भएको छ । अफगान कुटनीतिज्ञाका अनुसार दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु गर्न दुवैबीच शनिबार पहिलो पटक कतारमा भेटवार्ता भएको हो ।

दुवै पक्षबीचको भेटको मुख्य उदेश्य मानवीय सहायता र तालिवानसँग गतवर्ष भएको सम्झौता कार्यान्वयनको लागि रहेको अफगानिस्तानका विदेशमन्त्री मुल्ला अमिर खान मुताकीले बताएका छन् । ‘अमेरिकाले अफगान नागरिकको लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने छ,’ उनले भनेका छन्, ‘हालै भएको भेटले दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु हुने अपेक्षा राखिएको छ । तर अफगानिस्तान सरकारलाई कमजोर भने गर्न पाउने छैन ।’

अफगानिस्तानको आर्थिक सहयोगका लागि तालिवानले अन्य अन्तर्राष्ट्रिय निकायसँग पनि भेट्ने बताइएको छ । करिब २० वर्ष लामो अफगानिस्तान मिसनको अन्त्यको घोषणा गर्दै गत अगष्ट ३१ मा आफ्नो सेना झिकाएपछि अमेरिका र तालिवानबीच भएको यो पहिलो भेट हो।

अमेरिकाको सैन्य निकासीपछि तालिवानले सत्ता कब्जामा लिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome