सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ८७ सहित थप ३६० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१,७५० पुग्यो

२२ श्रावण, २०७७ १६:४३ मा प्रकाशित

561 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना सहित नेपालमा ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रिय संक्रमितको संख्या भने ६ हजार २ सय ९६ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ३८९ पुगेको छ। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome