मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

मनोज गजुरेलले गरे विवाह

२५ आश्विन, २०७८ १६:५० मा प्रकाशित

740 पटक पढिएको

manoj gajurel marries

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनको विवाह मञ्जु पोखरेलसँग भएको हो। सोमबार बिहान भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा परिवारको उपस्थितिमा विवाह भएको गजुरेलले जानकारी दिएका छन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।

उनले ४ वर्षअघि मीना गजुरेलसँग डिभोर्स गरेका थिए। जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ भन्दै आवश्यकता महशुस भएर विवाह गरेको उनले बताएका छन्। ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु- नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा पनि संवेदनशिल हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ,’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

‘एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्धत गर्‍यो,’उनले भनेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome