मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

काश्मीर सैन्य अपरेसनमा पाँच भारतीय सैनिकको मृत्यु

२५ आश्विन, २०७८ १६:५३ मा प्रकाशित

630 पटक पढिएको

kashmir riot

काठमाडौं – भारत नियन्त्रित जम्मु काश्मीर क्षेत्रमा सोमबार पाँच भारतीय सैनिकको मृत्यु भएको छ। जम्मु काश्मीरको पोन्च क्षेत्रमा विद्रोही र सेनाबिचको मुठभेटमा एक अफिसरसहित पाँच सैनिकको मृत्यु भएको हो।

भारतीय सेनाले बुधबारदेखि विद्रोहीविरुद्धको सैन्य अपरेसन सुरु गरेको थियो। अपरेसनको क्रममा पीर पन्जाल गाउँमा पुगेका भारतीय सैनिक र विद्रोहीबिचको मुठभेटमा परी पाँच सैनिकको मृत्यु भएको इन्डिया टुडेमा समाचार छ।

मुठभेटको क्रममा अन्य पाँच सैनिक घाइते भएका र घाइतेलाई उपचारको लागि पठाइएको बताइएको छ। सो क्षेत्रमा ठूलो संख्यामा विद्रोही सदस्य उपस्थित भएको र दुवै पक्षबिच फायरिङ जारी रहेको बताइएको छ। नियन्त्रणका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको इन्डिया टुडेले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome