मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

२६ आश्विन, २०७८ १७:११ मा प्रकाशित

260 पटक पढिएको

bus accident kills 28 in mugu

काठमाडौं – मुगु जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ। २४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यू भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ८ जनाको मृत्यु भएको हो।

घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome