मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

थप ७९२ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु, ९१० डिस्चार्ज

२६ आश्विन, २०७८ १९:३७ मा प्रकाशित

679 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९१० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ७७ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १४ हजार ५५४ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ९५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १३ हजार ४५९ जना होम आइशोलेसनमा रहेका छन् । ३०६ जना आईसियुमा १०२ जना भेन्टिलेटरमा उपचारारत छन् । २३१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome