मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

सरकारले पुनः पूर्ण लकडाउन गर्दैन : मन्त्री खतिवडा

२२ श्रावण, २०७७ २२:०० मा प्रकाशित

835 पटक पढिएको

minister yuvaraj khatiwada

काठमाडौं – सरकारले पुनः पूर्ण लकडाउन नगर्ने भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो बताएका हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता खतिवडाले पूर्ण लकडाउनको विषयमा सरकारले नसोचेको प्रष्ट पारेका हुन्।

‘चैत ११ गतेको जस्तो लकडाउनको बारेमा सरकारले केही पनि सोचेको छैन’, प्रवक्ता खतिवडाले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन। शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ।’

मन्त्री खतिवडाले विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले लकडाउनको विषयमा निर्णय लिनेसमेत प्रष्ट पारे। ‘कोभिडका कारण लकडाउन गरिरहँदा अरु रोगले नागरिकको मृत्यु नहोस् भन्ने विषयमा सरकार गम्भीर छ’, मन्त्री खतिवडाले भने ।
खतिवडाका अनुसार कोरोना संक्रमणको जोखिम नभएका ठाउँमा खुकुलो पार्ने र संक्रमण बढ्दै गएका ठाउँमा लकडाउनलाई कडा बनाउने तयारी सरकारले गरेको छ।

‘कोरोना संक्रमण घट्दै गएका जिल्लामा खुकुलो पार्ने र बढ्दै गएका जिल्लामा कडाइ गर्ने विषयमा सरकार लागेको छ’, उनले थपे । पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएकाले तत्काल सार्वजनिक यातायात, अन्तर्राष्ट्रिय उडान र विद्यालय र खुला गर्ने अवस्था नरहेको बताएका छन्।

सरकारले यसअघि भदौ १ गतेबाट खोल्ने भनेका लामो दूरीका सवारी साधन, अन्तर्राष्ट्रिय उडानको विषयमा पुनर्विचार हुनसक्ने बताएका छन्। यस विषयमा सीसीएमसीको बैठकको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रष्ट पारे।

‘अहिलेको जोखिमको नियमित अनुगमन गरेको छ । उपत्यकाभित्र संक्रमण जोखिम बढेको छ । मुख्य कार्यालयमै संक्रमण देखिएकाले केही कदम चालेका छौँ’, उनले भने, ‘केही दिन जरुरी नभए सार्वजनिक सेवा लिने कोशिस नगरौँ भनेर आह्वान गर्दछौँ ।’

मन्त्री खतिवडाले अहिले गरेको निर्णय तीन चार महिनासम्म कार्यान्वयन हुन नसक्ने अवस्था रहेकोसमेत प्रष्ट पारेका छन् । ‘आजको निर्णय तीन चार महिनासम्म निरन्तर कार्यान्वयन नहुन सक्छ’, उनले भने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome