शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सार्वजनिक सवारीको भाडामा २३ प्रतिशतसम्म वृद्धि

१ कार्तिक, २०७८ १५:४४ मा प्रकाशित

195 पटक पढिएको

public transport in kathmandu

काठमाडौं – बागमती प्रदेशमा सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा वृद्धि भएको छ । सोमबारदेखि लागू हुनेगरी भाडा वृद्धि भएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो। यात्रुले १५ किलोसम्म सामान निशुल्क लान पाउने र सो भन्दा बढी अर्थात् १० किलोसम्म भए प्रति केजी ५ रुपैयाँका दरले शुल्क लाग्नेछ।

काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दामाथि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome