शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ५९१ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु, ९३७ डिस्चार्ज

१ कार्तिक, २०७८ १७:०३ मा प्रकाशित

567 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ९९० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ८२ हजार ३९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ११ हजार ८७४ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार २७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १० हजार ८४७ जना होम आइशोलेसनमा रहेका छन् । २८० जना आईसियुमा ९९ जना भेन्टिलेटरमा उपचारारत छन् । २२९ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome