शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बैंकको ब्याजदर बढाउने सूचनासँगै ओरालो लाग्यो नेप्से

१ कार्तिक, २०७८ १९:१२ मा प्रकाशित

229 पटक पढिएको

stock market down

काठमाडौं – साताको दोस्रो दिन नेप्से परिसूचक ६९.५१ अंकले ओरालो लागेको छ। बैंकहरुले ब्याजदर बढाउने सूचना सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको हो। आज करिब १ दर्जन बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउने सूचना सार्वजनिक गरेका थिए।

हिमालयन बैंक,एनआइसी एशिया, लक्ष्मी बैंक, बैंक अफ काठमाडौं, सनराइज बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र सिभिल बैंकलगायतले १० प्रतिशतभन्दा बढी व्याजदर बढाएका हुन्। बैंकहरुले ब्यादर बढाएपछि लगानीकर्ताहरु निरास भएका छन्।

कारोबारको अघिल्लो दिन आइतबार नेप्से परिसूचक दोहोर अंकले बढेको थियो। सो दिन शेयर कारोबार मापन परिसूचक नेप्से १७.५९ अंकले बढेर २६ सय ५६.९६ अंकमा अडेको थियो। यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन परिसूचक सेन्सेटिभ इण्डेक्स १२.६ अंकले घटेको छ। २१८ कम्पनीको ८७ लाख ७६ हजार कित्ता सेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भयो।

१३ वटा समूहमध्ये व्यापार उपसमूहको परिसूचकबाहेक अन्य सबै समूहको परिसूचक घटेको छ। सो समूहको परिसूचक ०.६३ प्रतिशत बढेको छ। वित्त समूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।

त्यसैगरी जलविद्युतको ३.७४, विकास बैंकको ३.४४, निर्जीवन बीमाको ३.५६ र लघुवित्तको ३.४९ प्रतिशतले परिसूचक घटेको छ। बाँकी अन्यको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा यसदिन नबिल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको ९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। घलेम्दी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome