शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप १,०९६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, १,००४ डिस्चार्ज

२ कार्तिक, २०७८ १७:०२ मा प्रकाशित

705 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९९ हजार ८६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ८३ हजार ३९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ११ हजार ८१५ जना सक्रीय संक्रमित रहेका छन् । ९४९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १० हजार ८६६ जना होम आइशोलेसनमा रहेका छन् । २६७ जना आईसियुमा ८६ जना भेन्टिलेटरमा उपचारारत छन् । २२८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome